गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई   हिसान गण्डकी फुटसलको उपाधि

काठमाडाैं | फागुन ८, २०८१

गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई   हिसान गण्डकी फुटसलको उपाधि

पोखरा:   हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे ।


उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो ।


उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद ५० हजार मेडल र ट्रफि प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुल विद्यासदनका सुमित मल्ल बने । त्यसै गरी हाइस्कोरर कास्की मोडनाइजका इसान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोडनाइज कै कुसल गिरी बन्न सफल भए ।


कजेज तर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई हराउदै उपधि जितेको छ । इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो । इन्फोम्याटिक्स कलेजका नारन पुन ३, मन्दिप राजभण्डारी र निश्चिल घिमिरले एक एक गोल गरे । पोखरा कलेज अफ म्यानेजमेन्टका लागि रमित गुरुङ र कुशल खड्काले एक एक गोलको योगदान दिए ।


इन्फोम्याटिक्स कलेजले उपाधि सगँ नगद २० हजार, मेडल, ट्रफि प्राप्त गर्दा पोखरा कलेज अफ म्यानेजमेन्टले नगद १० हजार, मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको थियो । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।


 

पोखरा:  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।  ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन...

थप पढ्नुहोस्

काठमाडौं:   यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओ...

थप पढ्नुहोस्

पोखरा:  अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ ।   ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (...

थप पढ्नुहोस्